लायन्स क्लब अफ नेपालगन्जको पहलमा गरिव बालबालिकाहरुलाई छात्रवृत्ति

नेपालगंज,पुष,३-

सामाजिक संस्था लायन्स क्लब अफ एभरेस्ट नेपालगन्जले नेपालगन्जमा गरिव जेहेन्दार बिद्यार्थीहरुका लागि कम्प्युटर सिक्नका लागि छात्रवृत्तिको लागि पहल गरेको छ ।

अाज एक कार्यक्रमका बिच नेपालगन्जमा सेतु बि-क- चोकमा रहेको ईन्टेल कम्प्युटर ईन्स्टिच्युट संग सहकार्य गरि तीन जना गरिब बालबालिकालाई छात्रवृत्तिको लागि पहल गरेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका चार्टर अध्यक्ष ध्रुबराज शर्माले बताउनुभयो ।

आज उक्त कम्प्युटर ईन्स्टिच्युटमा सिनियर डिस्ट्रिक एडभाईजर लायन्स मुकुट ढकालको प्रमुख अतिथि , एरिया चियर पर्सन लायन्स सन्तोष पौडेलको बिशिस्ट अतिथि, जोन चियर पर्सन लायन्स जिवनारायण बेल्बासेको अतिथि , लायन्स क्लब अफ एभरेस्ट नेपालगन्जका चार्टर अध्यक्ष लायन्स ध्रुव राज शर्मा, प्रथम उपाध्यक्ष लायन्स के-पी – घिमिरे , सचिव लायन्स दिपक गुप्ता , कोषाध्यक्ष लायन्स सुमन गिरी, सदस्यहरु लायन्स पूर्ण देव गिरी, लायन्स सुस्मिता भट्टराई , लायन्स अजय श्रेष्ठ लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै लायन्स मुकुट ढकालले लायन्स क्लबले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको प्रशंसा गर्दै कम्प्युटर सिक्ने अवसर पाएका बालबालिकाहरुलाई र छात्रवृत्ति उपलब्ध गराउन सहयोग गर्ने ईन्स्टिच्युट सबैलाई धन्यवाद दिनु भएको थियो ।