इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल भोली शनीबार हुने

मधुपौडेल
बाँके,माघ ७-इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलको भोली शनीबार हुने भएको छ । शनिबार ठिक ११बजेर ५९ मिनेटमा सुरु हुने आयोजकले जनाएको छ । फेस्टिफेलका लागि नेपालगंजमा सञ्चालीत हुने फिल्म निर्माता हरि थापा , ज्योती सिहं ठकुर , प्रदिप पोख्रल ,उपेन्द्र राज पाण्डे लगाएताको टिम आएको एक पत्राकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

आज र भोली गरी दुई दिन सम्म प्रदशन हुने फिल्मफेस्टीभलमा  कालो पोथी, हरिबहादुर, हेलिकोप्टर रेस्क्युअर इन हिमालय, छाँया, पुण्टेको पाङ्ग्रा, म खुशी छु, मेला, घुसको लोग्ने, वियोण्ड द ह्वाइट केन, लगायतका फिल्म र डकुमेन्ट्री समावेश गरिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो  । पत्रकार सम्मेलनमा बोल्दै हरिथापाले आफु नेपालगंजमा आई रहको भए पनि यहाको परिर्वतन तथा यहाका पत्रकारहरुको उत्साहलाई देखेर धेरै खुसी भएको बताउनुभयो ।

कार्यक्रम वरिष्ट पत्रकार निरज गौतम, नेपाल पत्राकार महासंघका केन्द्रिय सदस्य झलक गैरे , पत्रकार पे्रम केसी ,सिराज खा लगाएतले जिज्ञास राख्नु भएको थियो । फेस्टिभलका अवसरमा डकुमेन्ट्री निर्माण सम्वन्धी कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने शाहले बताउनु भयो ‘फेस्टिभलको आयोजनाले यस क्षेत्रको मुद्धा समेत उजागर गर्न निर्माताहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ ,’ शाहले भन्नु भयो  ‘फेस्टिभलमा आयोजना हुने कार्यशाला नयाँ निर्माताका लागी कोशेढुंगा सावित हुनेछ भन्ने हाम्रो विश्वास छ ।

समृद्ध मध्यपश्चिम र सुन्दर सुदुरपश्चिमको नारालाई सघाउनु पनि फेस्टिभलको उद्देश्य भएको शाहले प्रस्टाउनु भएको थियाृे । फेस्टिभलमा गाउँदेखि शहर क्षेत्रका सर्वसाधारणको उत्साहपुर्ण सहभागिता हुने आयोजकको दावी रहेको  छ  भने फेस्टीवल भेरी प्राविधिक शिक्षालयको हल मा हुने कुरा आयोजकले जनाएको छ ।