तीन बुँदे सहमति पालना गर्न प्रतिवद्ध छौं-विप्लव

कम्युनिस्ट विजय भएको दिन संसारमा हतियार र युद्धको अन्त्य हुन्छ

फाईल तस्विरमा : महासचिव नेत्रविक्रम चन्द(विप्लव)

काठमाडौं,फागुन,२१-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आजको दिन राजनीतिको नयाँ थालनीको दिन भएको उल्लेख गर्नुभएको छ ।

काठमाडौंमा सरकारसँग तीन बुँदे सहमति गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष विप्लवले सहमतिका पछाडी महान् आकांक्षा रहेको दावी गर्दै भन्नुभयो, ‘देशलाई स्वाधीन र स्वाभीमानी मुलुक बनाउन, समृद्धीको आकांक्षा पूरा गर्न सहमति गरिएको हो । शहीदहरुको आकांक्षा, सपना पूरा गर्ने रहेको छ ।’

उहाँले अब मुक्त आकाशमा रहेर राजनीति गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । तीन बुँदेमा आफ्नो पार्टी प्रतिवद्ध रहेको र पालना गर्ने विश्वास दिलाउनुभयो । यसबारेमा कुनै आशंका र कुतर्क गर्न आवश्यक नभएको पनि उल्लेख गर्नुभयो ।

यस्तै उहाँले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने पनि बताउनुभयो ।महासचिव विप्लवले “भन्नुभयो” ‘विश्वमा युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिस्टले गर्न सक्छ।कम्युनिस्ट जुन दिन विजय हुनेछ, सम्पूर्ण सांसारमा हतियार र युद्धको अन्त्य हुने भन्दै उहाँले उत्पीडित र उत्पीडकको अत्य हुनेबेला युद्धको कुनै स्थान नरहने पनि बताउनुभयो ।

अन्त्यमा महासचिव विप्लवले तीन बुँदे सहमति तयार पार्न सफल भएकामा वार्ता टोलीलाई, प्रधानमन्त्री, मन्त्री, नागरिक समाजका अगुवादेखि सेना प्रहरीलाई धन्यवाद दिनुभयो ।