प्रथम बिशाल प्रेजेण्ट भेट्रान्स र १० वर्ष मुनिका च्यारिटी कप सम्पन्न

फाईल तस्विर : प्रथम बिशाल प्रेजेण्ट भेट्रन्स १० वर्ष मुनिका च्यारिटी कप प्रतियोगितामा उपस्थित खेलाडीहरु

टोकियो,असार,२२-जापानको टोकियोमा प्रथम बिशाल प्रेजेण्ट भेट्रान्स र १० वर्ष मुनिका च्यारिटी कप प्रतियोगिता एकै साथ भव्य रुपमा सम्पन्न भएको छ।

फाईल तस्विर : प्रथम बिशाल प्रेजेण्ट भेट्रान्स कप विजेता लमजुङ एफसी

आईतबार टोकियोमा सम्पन्न भएको उक्त भेट्रान्स कपको उपाधी लमजुङ एफसीले जितेको हो।निकै रोमाञ्चक बनेको भेट्रान्स कपको फाईनल खेलमा लमजुङ एफसीका खेलाडी प्रेम गुरुङले उत्कृष्ट गोल गर्दै 8848 लाई १-० गोल अन्तरले हराउदै उपाधी जितेको थियो।अन्तत : पराजित 8848 एफसीले रनअरअपमा चित्त बुझाएको छ।

यस्तै भेन्ट्रन्स कपको उतकृष्ट खेलाडीको उपाधी लमजुङ एफसीका खेलाडी प्रेम गुरुङले जिते भने उतकृष्ट गोलरक्षकको उपाधी पनि लमजुङ एफसीकै मिन थापाले जितेका हुन्।

फाईल तस्विरमा : प्रथम बिशाल प्रेजेण्ट भेट्रान्स कपको रनअर अप टिम 8848 एफसी ॥

त्यसैगरी १० वर्ष मुनिका च्यारिटी कपको उपाधी भने हिमालयन स्कुलले जित्यौ,भने एशियन ब्रिज ईन्टरनेशनल स्कुल रनएर अप भयो।

१० वर्ष मुनिका च्यारिटी कप पनि निकै रोमाञ्चक भएको थियो।तोकिएको निर्धारित समयमा गोल नभएपछि पेनाल्टी सुटआउटमा हिलायन स्कुलले एशियन ब्रिजलाई हराएको थियो।

फाईल तस्विर : प्रथम बिशाल प्रेजेण्ट १० वर्ष मुनिका च्यारिटी कपमा उपस्थित साना खेलाडीहरु ॥

स्मरण रहोस् : १० वर्ष मुनिका च्यारिटी कप प्रतियोगिता नेपालीहरुका बालबालीकाहरु विच पहिलो पटक भएको हो।उक्त प्रतियोगितामा नेपालीका बालबालीका ४० जना भन्दा बढीको हाराहारीमा उपस्थित भएका थिए।

प्रथम बिशाल प्रेजेण्ट भेट्रान्स र १० वर्ष मुनिका च्यारिटी कप प्रतियोगीतामा २ सय जना भन्दा बढीको उपस्थित रहेको थियो।यस्तै प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गराउन उपस्थित सम्पुर्ण सहयोगिदाताहरु लगायत खेलाडी र खेल दर्शकलाई खेल सकिए पछि आयोजक टिमले विशेष धन्यवाद दिएको छ।