नेपाल मगर संघ क्षेत्रिय समिति गुन्माले आज माघे संक्रान्ती पर्व मनाउदै

टोकियो,पुस,२६-नेपाल मगर संघ क्षेत्रिय समिति गुन्मा जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ।

नेपाल मगर संघ जापानको केन्द्रिय समिती र गुन्म केनको क्षेत्रिय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिबार दिन मनाउन लागिएको हो।

प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको मगर संघ जापानले जनाएको छ।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष महान पर्वको रुपमा मनाउदै आएको छ।

साँस्कृतिक साँझ कार्यक्रममा नेपालबाट आमन्त्रीत राष्ट्रिय लोक तथा दोहोरी गायक देवि राम राना मगर र चर्चित लोक दोहोरी गायक चेतन घर्ती मगर, रचना राना मगरको वेजोड गायन प्रस्तुती रहने नेपाल मगर संघ क्षेत्रीय समिती जापान गुन्माका अध्यक्ष बालकृष्ण पुर्जा मगरले बिहानी अनलाईलाई जानतारी दिनुभयो।

यस्तै : नृत्यमा ट्रश्मी गर्बुजा मगर लगायत स्थानीय कलाकारहरुमा गोबिन फगामी मगर, सोनि कुमारी थापा मगर, सविना थापा मगर,सेन्जिला पुर्जा मगर, सुजना गरन्जा मगर, भिम आले मगर, सोनीया आले मगर, मेन्जीला आले मगर, करिना पुन मगर, रुपेश राना मगर, अशोक राना मगर, सरोज मगर लगायतको नृत्य प्रस्तुती विजोड रहनेछ।

उक्त कार्यक्रम गुन्मा केनको ब्राजिलियन प्लाजा वर्ल्ड टाउन, ओइजुमी मा दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।

आजको माघे संक्रान्ति विशेष, साँस्कृतिक साँझ कार्यक्रममा सम्पुर्णलाई उपस्थितीको लागि नेपाल मगर संघ क्षेत्रिय समिति जापानले हार्दिक अनुरोध गरेको छ।