
टोकियो,पुस,२६-नेपाल मगर संघ क्षेत्रिय समिति सिजुओका जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ।
नेपाल मगर संघ जापानको केन्द्रिय समिती र सिजुओका केनको क्षेत्रिय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिबार दिन मनाउन लागेको हो।
प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको मगर संघ जापानले जनाएको छ।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष महान पर्वको रुपमा मनाउदै आएको छ।
साँस्कृतिक साँझ कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ।
उक्त कार्यक्रम सिजुओका केनको एशियन डायनीङ करी हाउसमा बेलिकी ५ बजेदेखि साँझ १० बजेसम्म सञ्चालन हुनेछ।
आजको माघे संक्रान्ति विशेष, साँस्कृतिक साँझ कार्यक्रममा सम्पुर्णलाई उपस्थितीको लागि नेपाल मगर संघ क्षेत्रिय समिति सिजुओक जापानले हार्दिक अनुरोध गरेको छ।





