राजपाद्धारा आम हड्ताल सहित आन्दोलन घोषणा

मनोनयन दर्ताका दिन लाठी जुलुस

काठमाडौं,जेठ,२८-
राष्ट्रिय जनता पार्टी राजपा नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।उम्मेद्वारहरूको मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएको छ ।

त्यस्तै असार ६ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने उसले जनाएको छ ।आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न आइतबार बिजुलीबजारमा आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको बताए ।

तर, सरकारले मागहरु पूरा गरेको खण्डमा आफूहरु सहमतिमा आउन तयार रहेको राजपा नेता महतोले संकेत गरे ।आज बिजुली बजारमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा महतोले भने(‘ हामी परिस्थिस्थितिलाई हेरि राखेका छौं, अब वार्ता कति गरीराख्ने रु सरकारले हाम्रा मागहरु पूरा गरोस् ।’

राजपा नेता जितेन्द्र सोनलले आन्दोलनका कार्यक्रमहरू पत्रकारलार्इ वाचन गरेर सुनाएका थिए ।अत्यन्तै छोटो पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ राजेन्द्र महतोले दिए भने महन्थ ठाकुर खासै बोलेनन् । पत्रकार सम्मेलनमा नेताहरू केही गम्भीर र हतास मुद्रामा देखिएका थिए ।

यस्तो छ राजपाको आन्दोलन कार्यक्रम