नेपालगन्ज महोत्सवमा बिराजको डाइलग र टंकको गीतमा दर्शकले दिए तालिको ओइरो

नेपालगंज,माघ,३-

नेपालगन्ज महोत्सवको आठौ दिन बिहिबार बहुचर्चित नायक बिराज भट्ट,गायक टंक तिमिल्सिना र गायिका रिता केसि लगाएतले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।चर्चित गीतू पैसा बैसा चिरिम गीत गाउदै स्टेज उक्लेका गायक तिमिल्सिनाले सनसनी,मैना,हुक्काबार लगाएतका गीत गाएर उपस्थित दर्शकहरुलाई झुमी झुमी नचाएका थिए।

त्यस्तै मेलाको प्रमुख आकर्षण मानिएका चर्चित नायक बिराज भट्टले चर्चित चलचित्रका डाइलगहरु सुनाएर दर्शकको हुटिङ्ग बटुलेका थिए भने डान्स गरेर पनि मनोरन्जन दिएका थिए। नायक भट्टलाई स्टेज चढ्ने बित्तिकै दर्शकहरुले हुटिङ्ग तथा ताली बाजाएर स्वागत गरेका थिए।

बिहिबार करिव १० हजार भन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गरेको आयोजक पक्षले बताएको छ।महोत्सवमा मेगा राउन्डको नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो। प्रचारप्रसार संयोजक सुनिल रेग्मिका अनुसार आज १३ जना प्रतिस्पर्धिले उपस्तिथि जनाएका थिए।

जस मध्ये ३ जना आजको राउण्ड बाट बाहिरिएका थिए। मेगा राउन्डको प्रतिस्पर्धा बिहिबार पनि जारी रहने प्रचारप्रसार संयोजक रेग्मिले जानकारी दिए।मेलाको नवौ दिन चर्चित गायक सुनिल गिरि र एमटी महर लगाएतका कलाकारहरु आउने आयोजकले जनाएको छ।

मेलाको नवौ दिन करिव १५ हजार दर्शकहरुके अवलोकन गर्ने बताएको छ।सुरुवात दिन देखि नै सफल रहदै आएको महोत्सव माघ ८ गते सम्म सन्चालन हुने पनि आयोजक नन्दु बुढाले जानकारी दिए।