कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

फाईल तस्विर

कास्की,साउन,२-कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

तीनै जना प्रेम विकका नातीनातिना रहेको उहाँले बताउनुभयो । घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । घरको १ कोठा पहिरोले च्यापेको छ ।

बाँकी ३ जना शकुसल रहेको र घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकाली सकेको प्रहरीले जनाएको छ ।