प्रधानमन्त्रीद्वारा कैलालीका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

कैलाली, भदौ १-

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको बाढी प्रभावित क्षेत्रको आज हवाई निरीक्षण गर्नु भएको छ ।

उहाले टीकापुरको पुरानो विमानस्थलमा ओर्लिएर बाढीपीडितलाई राहत सामग्री पनि हस्तान्तरण गर्नु भएको हो ।

 प्रधानमन्त्री देउवाले बाढीपीडितको राहतमा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको छ । उहाँले खाद्यान्न लत्ताकपडा र पालको व्यवस्था गरेको बताउनुभयो ।

उहाँले बाढीबाट विस्थापित भएकाहरुलाई त्रिपाल हालेर बस्ने ठाउँ दिइनेसमेत बताउनुभयो ।

बाढीपीडितको राहत र उद्धारमा सक्रिय सबैलाई धन्यवाद दिँदै उहाँले प्रभावितका लागि सहयोग गर्न सबैमा अपिल गर्नुभयो ।