विद्यानिलकण्ठमा स्वागत तथा तिज विशेष कार्यक्रम सम्पन्न

रोशन घर्ति
दाङ,भदौ,२-
घोराहीमा रहेको विद्यानिलकण्ठ माविमा स्वागत तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको हरितालिका तिजको अवसर पारेर शुक्रबार स्वागत तथा तिज विशेष कार्यक्रम गरीएको हो ।

कक्षा १२ का छात्र सिद्धिमान बोहराको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक गणेश के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई अबिर लगाएर स्वागत गरीएको हो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मिलन तथा विछोटको गित , गजल, नाटक लगाएतका नाचगान गरी एक आपसमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यार्थी रोम थापा , शिक्षकहरु शरदकुमार शर्मा,शुर्दशन रिजाल,प्रभात पोख्रेल लगायतकाले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कक्षा १२ का छात्रा सपना रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण विद्यार्थी शुसिला सुवेदी र रोशन घर्तिले गर्नुभएको थियो ।