नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक सम्पन्न

काठमाण्डौं,भदौं,९-

नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ।सिंगापुर उपचारका क्रममा रहेका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता ग्रहण गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले कार्यावहाकको जिम्मा उपप्रधान एवं रक्षामन्त्रीलाई दिए पनि बैठकको अध्यक्षता भने आफैँ ग्रहण गर्नुभएको हो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्री ओली उपचारमा जाने भएपछि यसअघि नै कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो। प्रधानमन्त्री ओली उपचारका लागि यही भदौ ५ गते सिंगापुर जानु भएको थियो ।

प्रधानमन्त्रीले प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्मा पेस भएका एजेन्डामा छलफल र आफ्नो धारणा राख्नु भएको थियो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको थियो। प्रधानमन्त्री सिंगापुर रहुन्जेलसम्म भिडियो कन्फ्रेन्सबाटै बैठक हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।