नेकपामा पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध

काठमाडौं,भदौ,९-

नेकपाले पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध लगाएको छ ।सोमबार अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकले नेताहरु प्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीमै छलफल गर्न भनेको छ ।

अन्यथा स्पष्टीकरणको माध्यमबाट कारबाही थाल्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।बैठकले चार जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुका साथै, केही विभागमा उपप्रमुख, जिल्ला इन्चार्ज र जनवर्गिय संगठनहरुमा सहइन्चार्जहरु हेरफेर गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन सहमति दिएपछि अर्का अध्यक्ष दाहालले पहिलो पटक नेकपाको बैठक बोलाउनु भएको थियो ।पार्टी अध्यक्ष भएको १५ महिनापछि प्रचण्डले औपचारिक रुपमा नेकपाको बैठक बोलाउनु भएको हो ।