प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्छ : प्रधानन्यायाधीश

फाईल तस्विर !!

काठमाडौं,माघ,२५-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्ने बताउनु भएको छ ।

आइतबार सरकारी वकिलको बहस सकिएको छ।त्यसपछि प्रधनमन्त्रीको बचाऊमा निजी अधिवक्ताहरुले बहस सुरु गर्नु भएको छ। सोही क्रममा प्रधानन्यायाधीश जबराले यो हप्ताभित्र सबै मुद्दाको बहस सिध्याउनु पर्ने बताउनु भएको हो ।

अहिलेसम्म महान्यायाधीवक्तासहित ११ जना सरकारी वकिलले प्रतिनिधि सभा विघटनका पक्षमा बहस सकेका छन्। सरकारी वकिलको  सकिएसँगै निजी वकिलको बहस सुरु भएको हो।

यसअघि वरिष्ठ अधिवक्ता सुशील पन्तले मात्रै प्रधानमन्त्रीको तर्फबाट बहस गर्नु भएको थियो। अहिले अधिवक्ता रमेश बडालले बहस गरिरहनु भएको छ ।

प्रधानमन्त्रीको तर्फबाट १७७ जना कानुन व्यवसायीले वकालत गर्न नाम बुझाएका छन्। यीमध्ये सबैले बहस नगर्ने र यो साता प्रधानमन्त्रीको तर्फबाट बहस सकिने बडालले इजलासमा जानकारी दिनुभयो ।प्रधानन्यायाधीशले बडाललाई बढीमा ३० मिनेटभित्रमा बहस सक्न भन्नु भएको थियो ।