प्रचण्ड-माधव भन्छ,आम हड्ताल सफल भयो:उता पूर्वमन्त्रीको अण्डकोष नै फुट्यो

फाईल तस्विर !!

काठमाण्डौं,माघ,२२-नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आह्वान गरेको  आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ।केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्नु भएको छ।

आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल पारिएको भएको विज्ञप्तिमा लेखिएको छ ।आमहड्तालमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ।

आमहड्ताल गिरफ्तार भएकाहरुलाई अविलम्ब रिहा गर्न पनि माग गरिएको छ । यस्तै देशव्यापी गरेको आम हड्ताल आज साँझ ५ बजेपछि खुलेको छ ।

यसैबिच:उता दाहाल-नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ ।

बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उहाँको अण्डकोषमा गम्भीर चोट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको पुष्टि गर्नुभएको हो ।

गम्भीर चोट लागेका पूर्वमन्त्री यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचारपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिनुभयो ।

नेकपा स्थायी समिति सदस्य रामचन्द्र झा, सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको एवं शरीरका अन्य भागमा चोट देखिएपछि प्रादेशिक अस्पतालमा उपचार पश्चात काठमाडौं पठाइएको अस्पतालका मेसु डा. यादवले बताउनुभयो ।

जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा दाहाल–नेपाल समूहको नेकपाका एक दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका थिए ।

विज्ञप्ती