एक रुपैयाँको सिक्का बुधबारबाट चलनचल्तीमा ल्याउने

काठमाडौं,फागुन,२४-नेपाल राष्ट्र बैंकले बुधवारबाट १ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ ।

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र ६४ ओटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ । यसैगरी, दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सिक्काको पछाडि भागमा पनि ६४ ओटा थोप्लाको वृत्ताकार घेराभित्र आठ थोप्लासहितको वृत्ताकार चित्रभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र त्यसको मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको राष्ट्र बैंकले बताएको छ ।