उपसभामुख जसपालाई दिने समझदारी, चयन प्रक्रिया चाँडै थालिने

उपसभामुख जसपालाई दिने समझदारी,  चयन प्रक्रिया चाँडै थालिनेकाठमाण्डौं,असोज,२७-सत्तारुढ गठबन्धनले उपसभामुख चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। उपसभामुख जनता समाजवादी पार्टी (जसपा) लाई दिने समझदारी बनेको गठबन्धनका नेताहरुले बताएका छन्।

२०७६ माघ ६ गते शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिएयता सो पद रिक्त छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा)बीच छिट्टै उपसभामुख चयन गर्ने समझदारी बनेको हो। प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ।

हाल नेकपा माओवादीका अग्नि सापकोटा सभामुख छन्। उपसभामुख आफ्नो पार्टीलाई दिने समझदारी बनेको जसपाका एक नेताले दाबी गरे।