संविधान संशोधन नभए चुनावमा नजाने सहमहामन्त्री मिश्रको भनाई

बाँके,माघ १६-संविधान संशोधन नभईकन चुनावमा जान नसक्ने तराई मधेश लोकतान्त्रीक पार्टीका सहमहामन्त्री पशुपती दयाल मिश्रले बताउनु भएको छ ।

रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा वहसमा आज कुराकानी गर्दै मिश्रले अधिकार प्राप्त नभए सम्म विकासका कुरा गरेर सम्भव नहुने बताउनुभयो । बलजफती चुनावमा गए आफूहरु आन्दोलनमा जाने र देश झन समस्यामा पर्ने उहाँले बताउनुभयो ।

पशुपती दयाल मिश्र भस्रेस विरेन्द्र जैशी संविधान संशोधन प्रस्ताव संसदमा छलफलमा गए पारित हुने दरले प्रमुख दलहरु संविधान संमशोधन भन्दा पहिला चुनावको कुरा गरिरहेको मिश्रको दावी छ । तिन वटै दलहरु च्ुनावका लागि तयार नभएको र उनीहरु जनता झुक्याउने खेलमा लागेको मिश्रले आरोप लगाउनुभयो ।

चुनावमा जाने मनाशाय भए संशोधन प्रस्तावको टुङ्गो लगाउनु पर्ने उहाँको भनाई छ । पाँच नम्बर प्रदेशको सिमाकंन  पनि आंशिक रुपमा आफ्नो माग संग मिले पनि यसको रक्षा गर्दै थप उपलब्धीका लागि लागिरहने उहाँले बताउनुभयो ।