साँगितीक क्षेत्रमा अर्जुन मगरको डेब्यू

कठमाण्डौं,पुस,२१-

पछिल्लो समय नेपाली गित संगितलाई मन पराउदै धमाधम नव प्रतीभावान कलाकारहरुको उपस्थीती नेपाली साँगीतीक क्षेत्रमा बाक्लीदै गएको छ । यो क्षेत्रमा कतीपय रहरले लागेका हुन्छन् भने कतीपय गित संगितमै रुची भएर लागेका हुन्छन् । तर यो क्षेत्रमा कती समय सम्म टिक्न सक्छन भन्ने नै नव प्रतीभावान कलाकारहरुलाई यो प्रश्न चुनौती बनीरहेको हुन्छ ।

यी नै मध्यका एक हुन् , बाँके जिल्लाको सम्झनामा घर भएका अर्जुन पुन मगर , उनले बाल्यकालको उमेरबाटै नेपाली गित संगितलाई असाध्यै माया गर्दै आईरहेका छन् । उनले भर्खरै मात्र “चाँदनी” बोलको पहिलो गितबाट शब्द र संगितमा डेब्यू गरेका छन् ।

उनको यो शब्द र संगितमा रहेको लोक आधुनीक टाईपको गित नवगायक सुनिल ढकालले गाएका छन् । यो गितको अडियो बजारमा आईसकेको छ । म्यूजीक भिडीयोको तयारी भईरहेकोले म्यूजीक भिडीयो पनी चाँडै नै बजारमा आउने बाताएका छन् ।

उनी अहिले काठमाण्डौंको एकदमै चर्चीत म्यूजीक स्कुल गुरुकुलमा, गुरुदेभ कमाट संग संगित सिकिरहेका छन् । अर्जुन आफैले पनी हिमान्शु शाहिको शब्द संगितमा रहेको गितबाट पनी छिट्टै गायन क्षेत्र मा डेब्यू गर्ने भएका छन् ।

उनी AP1 टेलीभिजनले गरेको कार्यक्रम नेपाल आईडलका प्रतिस्प्रधीका रुपमा पनी देखिएका थिए । नेपाली गित संगितलाई अत्याधिक पन पराउने अर्जुनले आफ्नो रुची गितकार र संगितकारका रुपमा साँगीतीक फाँटमा उदाउने लक्ष्य रहेको बताएका छन् । उनले आफ्नो “चाँदनी” बोलको गितलाई सबैले मन पराउने र राम्रो प्रतीकृया पाउने आशा गरेको बाताएका छन् ।