संयुक्त वाम गठबन्धनको चुनावी प्रचार अभियान श्रीचौरमा सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा ,कात्तीक, २१-

संयुक्त वाम गठबन्धनको चुनावी प्रचार अभियान अन्र्तगत संघीय प्रतिनिधी सभा र क्षेत्र नं. १ को संयुक्त रुपमा ओखलढुंगाको श्रीचौर मंगलबारेमा सम्पन्न भएको छ ।

गठबन्धनले मंगलबारेमा आयोजना गरेको चुनावी सभालाई संघीय प्रतिनिधी सभा सदस्यका उम्मेदवार एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार र प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार अम्बिरबाबु गुरुङले सबोधन गर्नुभएको छ ।

उम्मेदवारहरुले विगतमा नेकपा एमाले र माओवादी जिल्लामा जितेको समयदेखी मात्रै जिल्लाको विकास निर्माणको लहर आएकाले आगामी दिनमा पनि जिल्लाको समृद्धिका लागि संघीय प्रतिनिधी सभा तथा प्रदेश सभामा गठबन्धनका उम्मेदवाहरुलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

संघीय प्रतिनिधी सभामा ओखलढुंगा जिल्लाबाट उम्मेदवार बनेका यज्ञराज सुनुवारले आफु कहिल्यै झुटको खेतिमा नरमाउने भएकाले जिल्लाको विकासका लागि आफुले बोलेका कुरा पुरा गरेको बताउँदै आगामी दिनमा बाचा पुरा गर्ने बताउनुभयो ।

त्यस्तै गठबन्धनको क्षेत्र नं. २ को कार्यक्रम फेदिगुठमा सम्पन्न भएको छ । क्षेत्र नं. २ का प्रदेश सभाका उम्मेदवार मोहन खड्काले आफुहरु जिल्लाको विकासका लागि जनताको मुद्दामा लड्न तयार रहेको बताउनुभएको छ ।

उहाँले प्रदेश सभामा क्षेत्र नं. २ मा गोलाकारभित्रको हसिया हथोडामा मतदान गरेर विजयी गराउन आग्रह गर्दै आफु ढाट छल गरेर जनता नझुक्याउने सक्ने का मगर्न सधैँ जनताका साथमै रहने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी नेपली काँग्रेसको चुनावी सभा पनि रागादीपमा सम्पन्न भएको छ । प्रतिनिधी सभाका उम्मेदवार रामहरि खतिवडा र प्रदेश सभाका उम्मेदवार मित्रसेन दाहाल लगायतका नेताहरुले सभालाई सम्बोधन गरेका भिजन सहकर्मि शिब कुमार कार्कीले जानकारी दिनुभएको छ ।