उद्योगी व्यापारीहरुले संयुक्त समावेसी प्यानलसंग भने “ हाम्रा हक हितमा लड्नुस् हामी तपाईको पक्षमा छौं

कोहलपुर,साउन,९-

यहि साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि विशुद्ध व्यापारीहरुको प्यानल संयुक्त समावेसी प्यानललाई मतदाताहरुले जिताएरै छाड्ने बताएका छन् । अध्यक्ष पदका उम्मेदवार चक्र बहादुर अधिकारी सहित २१ सदस्यीय कार्यसमितिका लागि संयुक्त समावेसी प्यानल बनाएर घरदैलो अभियानमा हिडेका उम्मेदवारहरुलाई मतदाता उद्योगी व्यवसायी एवं व्यापारीहरुले उक्त कुरा बताएका हुन् ।

“हामी उद्योगी व्यापारीहरुको पक्षमा लड्ने नेतृत्व चाहिएको छ , ” घरदैलोमा पुगेका संयुक्त समावेसी व्यानलका उम्मेदवारहरुसंग कुराकानी गर्दै कोहलपुर बसपार्कका एक व्यापारीले भने, “यो दलगत प्रचार भन्दा काम गर्न सक्ने र हाम्रा हक हितका लागि वकालत गर्न सक्ने उम्मेदवारलाई छान्छौं । तपाईहरु ढुक्क हुनुहोस् । ”
दलगत रुपमा राजनिति नगरी व्यापारीका मुद्धामा आवाज उठाउँदै आइरहेका उम्मेदवारहरु यस प्यानलमा रहेकाले पनि आफूहरुले सहि नेतृत्व सहितका उम्मेदवार चुन्ने मतदाता व्यापारीहरुको भनाई छ ।नाम उल्लेख नगर्ने शर्तमा कोहलपुर एन टि भि रोडका एक मतदाता व्यापारीले भने , “को उम्मेदवार कस्तो छ भन्ने हामीलाई प्रष्ट थाहा छ ।

‘हाम्रा हक हितका लागि लड्ने र सक्षम व्यक्ति चक्र बहादुर अधिकारी नेतृत्वमा देखेकाले उहाँ बाहेक अर्को विकल्प अर्को नहुनै सक्तैन । ”आफू कुनै पनि राजनितिक दलमा आबद्ध नभएको बताउँदै उनले पार्टीको राजनिति गर्नेले व्यापारीको पिरमर्का बुझ्नै नसक्ने तर्क समेत गरे ।

घरदैलो अभियानमा हिडेका संयुक्त समावेसी प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका नम प्रसाद शर्मा , उद्योग तर्फका उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका देवानन्द अर्याल,वाणिज्य तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका

लक्ष्मण पौडेल ,महासचिव पदमा उम्मेदवारी दिनुभएका तेज प्रसाद अधिकारी,उपमहासचिव पदमा उम्मेदवारी दिनुभएका मातृका सापकोटा ,कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका सुनिल खनाल,सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका ईश्वर श्रेष्ठ सहित सबै उम्मेदवारलाई मतदाताहरुले सहयोग गर्ने बताएका छन् ।

निर्वाचन हुन केहि दिन मात्रै बाँकी रहँदा चुनावी प्रचार प्रसारलाइ तिब्रता दिइरहेका संयुक्त समावेसी प्यानलका उम्मेदवारहरुले नमुना मत पत्रका बारेमा समेत मतदाताहरुलाई जानकारी दिइरहेका छन् ।
कोहलपुर क्षेत्रमा रहेर लामो समय व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुले उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी दिई प्रचार प्रसारमा तिब्रता दिइरहेका हुन् ।

संयुक्त समावेसी प्यानलबाट वस्तुगत सदस्य पदमा रेखीराम विक , खुला सदस्यहरुमा खुम बहादुर खत्री,चण्डीप्रसाद गैरे,टिकाराम देवकोटा, तेज बहादुर शाही , दिपक बहादुर भण्डारी,धन बहादुर बुढाथोकी , नविन खड्का ,प्रेम सुवेदी,युज्ञराज रेग्मी ,सिता काफ्ले , अन्जना धिताल र संगिता सुवेदीले उम्मेदवारी दिनुभएको छ ।

आज संयुक्त समावेसी प्यानलले कोहलपुर क्षेत्रका एन टि भि रोड , रझेना रोड,न्यूरोड,बसपार्क लगायतका उद्योगी,व्यापारी तथा व्यवसायीहरुसंग भेटघाट गरेका छन् ।