साझा पार्टी र विवेकशील पार्टी बिच एकता हुने

काठमाडौं,साउन,९-

केहि महिना अघी मात्र स्थापना भएको साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता हुने भएको छ । विविसीका पूर्व पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली दलबीच विभिन्न चरणमा भएका एकता वार्ता सकारात्मक भएको दुबै दलका नेताहरूले बताएका छन् ।

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले प्रदेश र संघीय संसदको निर्वाचनलाई लक्षित गरी जतिसक्दो छिटो एकता प्रक्रियालाई पूर्णता दिने गरी छलफल अघि बढेको जानकारी दिनुभयो ।

त्यस्तै विवेकशील नेपाली दलका प्रवक्ता रमेश पौडेलले पनि आफ्नो दलको राजनीतिक संवाद समिति मार्फत साझा पार्टीसँग चलिरहेको एकता छलफल सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

निर्वाचन आयोगमा दर्ता भैसकेका यी दुई दल अहिले एकीकृत पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व मिलाउन छलफलमा व्यस्त छन् । विवेकशील नेपाली दल र साझा पार्टीको नाम मिसाएर ‘विवेकशील साझा पार्टी’ नाम राख्ने सम्भावना छ ।