राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवासमा २ घण्टा छलफल

फाईल तस्विर !!

काठमाडौं,जेठ,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको छ ।

हिजो साँझ शितलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो ।

पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले मुलुकको पछिल्लो रानीतिक अवस्थाका बारेमा छलफल गर्नुभएको हो ।

ओलीको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते अनुमोदन गर्नु भएको थियो ।