कपिलबस्तु प्रहरिद्धारा विभिन्न घटनाका आरोपित सार्बजनिक

अराज सिहं बेल्बासे
चन्द्रौटा कपिलबस्तु,फागुन ५-कपिलवस्तु प्रहरीले सोमबार बालिका बलात्कार गरि हत्या गरेको अभियोगमा एक जनालाई पक्राउपछि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं. १० प्रगतिटोल बस्ने १८ बर्षिय भीम बहादुर कुंवर रहेका छन् । उनलाई ६ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने शोभाखर अधिकारीको ६ बर्षिया छोरीको बलात्कार पछि  हत्या गरि फालेको अवस्थामा जवइखोलामा शब भेटिएको थियो । त्यस्तै आजै पकडीमा १७ वर्षिया किशोरीलाई सामुहिक बलात्कार गर्ने दुइजनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

प्रहरीले सामूहिक जवर्जस्ती करणीको अभियोगमा पकडि गाबिस वडा नं. ४ पिचुर्खीका २० बर्षिय बब्लु भन्ने अब्दुल रसिद मुसलमान र सोहि ठाउँ निवासी २० बर्षिय राहत हुसेन मुसलमानलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाईएको हो ।