बडादसैंको टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम

काठमाडौं, असोज १३-

हिन्दुहरुको महान पर्व बडादसैंको टीकामा साइत खोज्नेहरुका लागि शनिबार (भोलि) बिहान ११ बजेर ५५ मिनेट उत्तम रहेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको हो ।

दसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशिर्वाद लिने चलन छ ।विजयादशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभसाइत रहेको पनि समितिले जनाएको छ ।

देवी विसर्जन गरिसकेपछि शनिबार बिहान ११ बजेर ५५ मिनेट टीकाका लागि उत्तमसाइत रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो । उहाँले राज्य सन्चालनमा रहेकाहरुले भने साइतमै टीका लगाउनु उत्तम हुने पनि बताउनुभयो ।