एमालेलाई अर्को सफलता गोलाप्रथाबाट वडाध्यक्षमा विजयी

काठमाण्डौं,बैशाख,३१-मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् ।

शनिवार बिहान सार्वजनिक मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए ।

दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गुरुङ यसअघि पनि चामे गाउँपालिका ५ का वडाअध्यक्ष थिए ।गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले र उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा निर्वाचित भइसकेका छन् ।