काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

काठमाडौं,बैशाख,३१-काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

काठमाडौंमा मतगणना जारी रहदा बालेनले १३० मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा एमालेका केशव स्थापितले १०३ मत प्राप्त गर्नु भएको छ। यस्तै तेस्रोमा कांग्रेसकी सिर्जना सिंहले ९५ मत प्राप्त गर्नु भएको छ ।

वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ ।काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मतगणना जारी छ ।