जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा खत्री

जुम्ला, फागुन १७- जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अमरसिंह खत्री चयन हुनुभएको छ । नेपाल विद्यार्थी संघका खत्री सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका रवि बडुवाल र सचिवमा अखिल क्रान्तिकारीका तिर्थ तिरुवा चयन हुनुभएको छ ।

यसैगरी कोषाध्यक्षमा सविता आचार्य, सहसचिवमा भुपिनन्द जैसी  तथा सदस्यमा धनमान रोकाय र गोविन्द रोकाया चयन भएका छन् ।२०६५ सालमा  स्थापना भएको सिंजा बहुमुखी क्याम्पसमा ७७ जना विद्यार्थी छन् । यो क्याम्पसको पहिलो स्ववियु हो ।सबै पदमा सर्वसम्मत भएको छ । सभारा उज्यालो अनलाईनबाट