डडेल्धुरामा जीप दुर्घटना, ७ जनाको मृत्यु

डडेल्धुरा, फागुन ४ –डडेलधुराको सदमुकाम नजीकै जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । सात जनाको घटनास्थलमै मृत्यु भएको छ।    आज  मध्यन्न पौने १२ बजे  भागेश्वर गाविसबाट सदमुकामतर्फ आइरहेको जीप दुर्घटना हुँदा घाइते ४ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह ठकुरीका अनुसार घटनास्थलमै पाँच र अस्पताल ल्याउनेक्रममा २ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।  उहाँका अनुसार ११ जना सवार रहेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । एकजना बाटैमा र अस्पताल आइपुगेपछि अर्को घाइतेको पनि मृत्यु भएको जानकारी दिनुभएको छ ।

बाँकी चार जनाको अस्पतालमा उपचार भैरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले भने जीपदुर्घटना हुँदा ५ जनाको ज्यान गएको जनाएको छ।    भागेश्वर गाविसबाट सदरमुकाम आउँदै गरेको से १ ज ८३३ नम्बरको गाडी अमरगढी नगरपालिका ठूलोखोलामा आइपुग्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।