मधेसी मोर्चाले नमाने पनि जेठमा चुनाव गर्ने तीन दलको तयारी

काठमाडौं, फागुन ४ – प्रमुख दलका शीर्ष नेताहरु जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा उनीहरु पुगेका छन् ।

प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ गतेभित्रै स्थानीय चुनावको मिति घोषणा गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।मंगलबार बिहान राष्ट्रपति विद्या भण्डारीले पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई बोलाई निर्वाचनबारे छलफल गर्नुभएको थियो । साभार ईमेज खबरबाट