अशक्त श्रीमानलाई छोडेर रन्जिताले रुदै शहर छोडिन

ज्ञानु सङ्गम खड्का /
नेपालगन्ज,माघ,२०-
चर्चित लोक दोहरी गीत “मेरी सानू कहाँ छौ” बाट आफुलाई संगीतकार को रुपमा चिनाउन सफल गायक तथा संगीतकार “नरेश खाती क्षेत्री”ले आफ्नै उत्कृष्ट अभिनय  रहेको,  मर्मस्पर्शी लोक दोहरी एल्बम “रुँदै रुँदै तिम्रो शहर” साङ्गीतिक बजारमा ल्याएका छन्  ।

नरेश खाति क्षेत्री को लय अनि शब्द रहेको उक्त गीतमा पछिल्लो पुस्ताका चर्चित युवा गायक मेक्सम खाती र चर्चित गायिका पुर्णकला बिसि को स्वर रहेको छ। साई भिजन प्रा.ली. को  निमार्ण अनि गोरक्ष म्युजिक को प्रस्तुती रहेको “रुदै रुदै तिम्रो शहर” गीत अहिले सार्बजनिक भए लगत्तै गीतको अडियो  सङ्गै भिडियो को निकै प्रशंसा भईरहेको छ ।

गरिबी ले अति नै सताए पछि धन कमाउन आफ्नो प्यारो घर परिवार, जन्म भुमी अनि शहर छोड्नु पर्दाको पिडालाई एकदम मन छुने तरिकाले गीतमा प्रस्तुत गरिएको छ । भिडियो हेर्दा नै आँखा रसाउने उक्त गीतको भिडियो मा नरेश खाती,महेन्द्र गौतम,रन्जिता गुरुङ्ग,सुनिता थापा,हेबुला गौतम को  अभिनय रहेको छ ।  प्रकाश भट्टको निर्देशन तथा राजेश घिमिरेले छायाकंन गरेको उक्त गितको भिडियोलाई  विष्णु शर्मा ले सम्पादन गरेका हुन।

(भिडीयो हेर्नुहोस् )