दिपक कँडेलको “भट्टी तिरै वास “ गीतको भिडियो सार्वजनिक

रोशन घर्ती/

घोराही,माघ,२०-

नेपाली लोकदोहोरी गीत संगितमा विभिन्न किसिमका भाव समेटिएका गितले बजार तताई रहेका बेला फेरी एउटा बिल्कुलै नयाँ भाव समेटिएको गित सार्वजनी भएको छ । 

पछिल्लो समय माया प्रेममा मात्र आधारित गित संगित धमाधम सार्वजनिक भईरहदा यसपाली भने दिपक कँडेलले निर्माण गरेको “भट्टी तिरै वास “ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

उक्त गितमा विशेष गरी यूवा दस्ताको पछिल्लो जिवनशैली प्रती व्यङ्ग्य गर्दै तयार गरिएको छ । दिपक कँडेलले निर्माण गरेको “भट्टी तिरै वास “ बोलको लोकदोहोरी गीतको भिडियो प्रेम थापाले निर्देशन गरेका छन् , भने प्रशान्त पौडेल र तेजेस रेग्मीले स्वर दिएका छन् ।

भिडियोको छायांकन रामेश्वर हुमागाईले गरेका हुन् भने निर्देशन प्रेम थापाले गरेका हुन् । भिडियोमा सुरवीर पण्डित, कृष्ण आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।

( भिडीयो हेर्नुहोस् )