नेकपा एमालेद्धारा स्थानीय निर्वाचनको घोषणा-पत्र सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौं,बैशाख,११-नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा–पत्र सार्वजनिक गर्नु भएको छ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा–पत्रमा ‘आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढछ ?’ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी गराउनुभयो ।

आजै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताउनु भएको थियो ।

एमालेको घोषणा पत्रको पुर्ण पाठ !!