मौन अवधीमा एमालेले बाढ्यो मोबाईल

घरै आएर सूर्यमा भोट हाल्न सिकाएको मतदाताको भनाई (भिडियो सहित)

 बाँके,असार,१३-
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा मतदातालाइ आफ्नो पक्षमा पार्न नेकपा एमालेले मोबाईल बाडेको छ ।

कोहलपुर नगरपालिकाका वडा नम्बर २ बर्दहवामा वडा कै बढि मतदाता रहेका बर्दहवामा थारु समुदायको बाहुल्यता रहेको गाउँमा मतदाताकै घरमा गइ मोबाइल वितरण गरेको प्रमाण फेला परेको हो ।

 यो भिडियो हेर्नुहोस् ।

https://m.youtube.com/watch?v=njJaKCeuJAA

सोमबार दिउँसो मौन अवधीमा प्रचार प्रसार गर्न नपाइने भए पनि नेकपा एमालेका नेता कार्यकर्ता कारमा घरै आएर सूर्यमा भोट हाल्न सिकाएको वडा नम्बर २ बर्दहवाका गोले थारुले बताउनुभयो ।

कारमा घरै आएर यो मतपत्रमा यसरी भोट हाल्न सिकाए मतपत्र देखाउँदै थारुले भने घरमा एमालेको झण्डा समेत एमालेले गाडेको बताउनुभयो ।आफूलाइ पटक पटक नेकपा एमालेका कोहलपुर नगर कमिटि अध्यक्ष खिल प्रसाद भुषालले भेट्न आग्रह गर्नुभयो ।

भिडियो

https://www.youtube.com/watch?v=1rGX90CnoxE

मैले मेरो मोबाइल हरायो भनेपछि घरमै गाडी पठाएर मोबाएल दिएको थारुको भनाइ छ ।आचार सहिंता विपरित मतदातालाई आफ्नो पार्टीमा मतदान गर्न लगाएको र प्रलोभनमा परेको विषयमा अन्य दलहरुले विरोध गरेका छन् ।