भोलि हुने निर्वाचनको सबै तयारी पुरा

मतदान व्यवस्थापनको कार्य अन्तिम चरणमा

काठमाडौं, असार,१३-

स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत भोलि हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ ।निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ वटै स्थानीय तहमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगले मतदाता परिचयपत्र वितरण र मतदानस्थल व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।आयोगले वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीयस्तरमै आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएको छ ।