बार्सिलोनाको जितमा १७ बर्षिय फातीको गोल

काठमाण्डौं,असार,३-बार्सिलोनाले स्पेनिस ला लिगामा लेगानेसलाई २-० ले पराजित गरेको छ । जितसँगै १ खेल बढी खेलेको बार्साले दोश्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकको अग्रता लिएको छ ।

खेलमा बार्सिलोनाका १७ बर्षिय युवा खेलाडी गिनी बिसौंका फर्वार्ड अन्सु फातिले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि दोश्रो हाफमा लियोनल मेस्सीले थप गोल थप्दै बार्साको जित सुनिश्चित गरेका थिए । ६९ औं मिनेटमा रुबेन पेरेजले लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका थिए । बार्सिलोनाबाट खेल्दै आएका  मेस्सीले अहिले सम्म ६ सय ९९ औं गोल गरेका छन् ।

यसैबिच : बिहिबार हुने खेलमा रियलले भ्यालेन्सियालाई हराएको खण्डमा शिर्ष स्थानको दुरी फेरि दुई अंकमा छोटिने छ । रियल बेटिसलाई अगष्ट २५ मा ५–२ ले हराउदा डेब्यु गरेका फाती १६ बर्ष २ सय ९८ औं दिनमा गोल गर्ने बार्सिलोनाको इतिहासमा दोश्रो सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् ।

६ बर्षको उमेरमा परिवारसँग स्पेन बसाई सराई गरेका फाती २०१२ देखि स्पेनको युथ एकेडेमीमा रहेका छन् । अंक तालिकाको पुछारमा रहेको लेगानेसको २९ खेलबाट मात्र २३ अंक भएको छ । मायोर्का (२५) र इस्पान्योल (२४) रेलिगेसन जोनमा रहेका अन्य दुई टोली हुन् ।from- wesportz