नेपालमा नयाॅ ५८६ जनामा संक्रमण, सक्रमितको संख्या ७,१,७७ पुग्यो

काठमाडौं,असार,३-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी पाँच सय ८६ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ७१ सय ७७ पुगेको हो ।

एकैदिन अहिलेसम्म यतिधेरै संख्यामा संक्रमित थपिएका थिएनन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले थपिएका संक्रमितमा ४० महिला रहेको बताउनुभयो ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । पछिल्लो पटक बाँके जिल्लाकी ४६ वर्षीया महिलाको कोरोनाबाट निधन भएको पुष्टि भएको हो ।जेठ ३० गते नेपालगञ्ज अस्पतालमा भर्ना भएकी मिर्गौला पीडित उनको असार १ गते निधन भएको थियो ।

उनको असार २ गते कोरोना परीक्षण पोजेटिभ आएको हो ।पछिल्लो २४ घण्टामा ९ जनामात्र अस्पतालबाट डिस्चार्ज भएका छन् ।७३ जिल्लामा फैलिसकेको कोरोनाबाट हालसम्म निको हुनेको संख्या एक हजार एक सय ६७ पुगेको छ ।

अहिलेसम्म एक लाख २५ हजार ७ सय ९८ वटा पीसीआर परीक्षण भएका छन् । एक लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् । ५ हजार ९ सय ९० जना आइसोलेसनमा रहेका छन् ।