कोहलपुरमा १० दिने मौरी पालन सम्बन्धि प्रशिक्षण

कोहलपुर,माघ १७-कोहलपुरमा १० दिने मौरी पालन सम्बन्धि प्रशिक्षण तथा पशिक्षक तालिम सुरु भएको छ । आत्र्मनिर्भर मौरी व्यवसायी, सक्षम सम्वृद्ध महासंघ, मौरीजन्य उपजको संसार भर पहिचान भन्ने नारासहित नेपाल मौरीपालक महासंघको आयोजना तथा आर्थिक समावेशी कार्यक्रम जिआइजेटको सहयोगमा तालिमको आयोजना गरीएको हो ।

तालिमको उद्घाटन गर्दै नेपाल मैेरीपालक महासंघका केन्द्रीय सदस्य जयश्वर पौडेल सुमन नेपालमा मौरीपालक किसानहरुलाइ आत्मनिर्भर गर्ने उदेश्यका साथ तालिमको सञ्चालन गरीएको बताउनु भयो ।

वाईट तालिममा बाँके, बर्दिया , सुर्खेत ,कास्की, स्याङ्जा, लगायत १२ ओटा जिल्लाका कृषकहरु सहभागी छन् । तालिमको सहजीकरण मैरी विज्ञ अनि रुद्र नाग शुक्ला र तालिम विज्ञ यादव हुमागाइ लगायले सहजीकरण गरीरहनुभएको छ । तालिम १० दिन सम्म सञ्चालन हुनेछ