आधुनिकीकरणले “तिहार पर्व” विश्वव्यापी बन्दै : जापानमा तिहार सुरु

विदेशमा तिहारका सामानको बढ्दो माग

फुकुओका,जापान,कार्तीक,९-हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

तिहार सिंगो मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यसका केही पौराणिक र केही ऐतिहासिक सन्दर्भ छन् । आदिम युगमा मानिस फिरन्ते थियो, एक ठाउँबाट अर्काे ठाउँमा डुलिरहन्थ्यो । तर अहिले आधुनिकीकरणले हाम्रो नेपाली समाज परिवर्तन भएको छ ।समाज बदलिंदै जाँदा आधुनिकीकरणले हाम्रा पर्वलाई विश्वव्यापी गराई सकेको छ ।

तस्विरमा : फुकुओकाको हाकोजाकिमा रहेको रेसुङ्गा मिनी मार्टमा उपलब्ध तिहारका सामानहरु 

तिहार नजिकिए संगै जापानमा पनि तिहारको चहल पहल सुरु भैसकेको छ । दशैं,तिहार लागे लगत्तै जापानमा अध्ययन र विभिन्न भिषामा आएका नेपालीहरु चाड पर्व मनाउन कतिपय बिदामा घर फर्किएका छन् । बिदा नहुनेहरु तिहार नेपालमा जस्तै गरि प्रवासमा मनाउने तयारीमा तिहारका सामाग्रीको जोहो गरिरहेका छन् । कतिपय भर्खरै लाखौं सपना बोकेर जापान आई पुगेका छन् ।यसैबिच हामीले फुकुओकाको, हाकोजाकि हिगासि कु मा संन्चालीत नेपाली रेसुङ्गा मिनी मार्टका संचालक रमेश बहादुर कुँवर संग बुझ्दा अहिले तिहारको सामाग्री जापानको फुकुओकामा बढी भन्दा बढी माग भैईरहेको जानकारी दिदै आफ्नो पसलमा सबै प्रकारका तिहारको सामाग्री पाउने बिहानी अनलाई डटकमलाई जानकारी दिनुभएको छ ।यस्तै यता फुकुओकाको कोकुरामा रहेर अध्ययन गर्दै बसिरहेका लागी त्यहाँ रहेको खुकुरी मिनी मार्टमा पनी सबै प्रकारका तिहारको सामाग्रीहरु उपलब्ध रहेको खुकुरी मिनी मार्टका संचालक नविन जिसिले हामीलाई जानकारी दिनुभएको छ ।”

समाज परिवर्तित संगै समाजसँग जोडिएका हरेक गतिविधि बदलिंदै गएका छन्। तिहार यही समाजको एउटा प्रतिविम्बको गतिविधि हो ।तर तिहार मनाउने तरिका परिवर्तन भएको छैन्। हिजोका दिनमा जसरी र जुन महत्वका साथ तिहार मनाइन्थ्यो, त्यसले आजपनी निरन्तरता पाईरहेको छ । बदलिएको त तिहार मनाउने सामग्री मात्रै हो । बदलिएको त सामाजीक स्वरुप र संरचना सञ्चालन प्रक्रिया मात्र हो ।नेपाली समाजको संस्कृतिको प्रभाव संसारभरका समाजमा पर्दै गएको छ।अहिले आधुनिकीकरणका कारण हामी विश्वसामु पुग्यौं, विश्व हामीसामु आएको छ ।

हिजोका दिनमा नभएका कुरा आज यातायात, सञ्चार लगायतको विकास भएको छ ।शहरी इलाकामा पसेको विश्वबजार नेपालका गाउँघरसम्म पुगेको छ।विश्वबजारमा चलेका सामग्रीहरूको आकर्षणलले त्यसप्रती नेपाली समाज लालायित भएका छन् ।यसको प्रभाव हाम्रा दशैं–तिहार लगायत चाडबाडमा प्रयोग गर्ने सामग्रीहरूमा परेको छ।सञ्चार र प्रविधिले तिहारलाई झन् फैलाएको छ । यसको धार्मिक–सांस्कृतिक महत्वमा ह्रास आएको छैन । तेलको मधुरो बत्तीको ठाउँ बिजुलीको उज्यालोले लिएको छ । सम्बन्धसँग जोडिएको तिहारको मान्यता र मनाउने शैली पनि बदलिएको छैन ।

दिदीबहिनी आउने, दाइ–भाइलाई टीका लगाउने, दाइभाइले दान–दक्षिणा दिने चलन उही छ ।खानपान बदलिएको छ, तर पुराना परिकार भने घटेका छैनन्, बरु नयाँ थपिएका छन् । आधुनीकिकरणले विदेशमा तिहार मनाउने, भैलो–देउसी खेल्ने चलन बढेकै छ।विदेशमा तिहार लक्षित कार्यक्रमहरू हुन थालेका छन् । यसबाट पनि तिहारको गरिमा र महत्व बढेको छ । नेपालमा मात्र सिमीत तिहार जस्ता पर्वहरु अहिले अन्तर्राष्ट्रियकरण भएको छ ।

बिहानी अनलाईन परिवारको तर्फबाट आउदै गरेको शुभ-दिपावली र छठ पर्वको पावन अवसरमा सारा संसारभरी छरिएर बस्नु भएका नेपाली दाजुभाई तथि दिदिबहिनीहरुको सु-स्वस्थ्य एवंम दिर्घायुको उत्तर उत्तर प्रगतीको कामना व्यक्त गर्दै तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । धन्यवाद !!

 (फोटो फिचर )