विश्वकप फुटबल : आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को भिड्ने

खेल नेपाली समय अनुसार राति पौने नौ बजे शुरु हुने

Image Not Foundदोहा,कतार,पौष-कतारमा जारी विश्वकप फूटवल अन्तर्गत आज शनिवार क्रोएशिया र मोरोक्कोबीच खेल हुने भएको छ।

सेमी फाइनलमा पराजित भएका ती दुवै राष्ट्रले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्।खालिफा स्टेडिएममा उक्त खेल नेपाली समय अनुसार राति पौने नौ बजे शुरु हुनेछ।सेमिफाइनलमा क्रोएशिया अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो।सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

यी दुवै राष्ट्रको टोलीको समूह चरणमै भेट भएको थियो।उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए।क्रोएशिया साविकको उपविजेता टोली हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो।अव विश्वकपको फाइनल खेल भने आगामी आइतवार राति पौने ९ बजेदेखि हुनेछ।

अब ‘हेभिवेट’ भिडन्त
साविक विजेता फ्रान्सले विश्वकप फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ।फाइनलमा केलियन एमबाप्पेको लियोनल मेसीसँगको भिडन्त हुने छ।डिफेन्डिङ च्याम्पियन फ्रान्सले बुधवार ‘अन्डर डग’ मोरक्कोलाई २–० ले हराएपछि फाइनलमा दुई ठूला टिमबीच हेभिवेट भिडन्त हुन लागेको हो । 

 फ्रान्सको सबैभन्दा ठूलो चुनौती मेसीलाई रोक्नु नै हुनेछ।अर्जेन्टिना सन् १९८६ यता पहिलो विश्वकप जित्ने अभियानमा छ।एजेन्सी