मलेसियन क्लवसंगको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी सुजलले गर्ने

काठमाडौं,भाद्र,६-

मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् ।नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबविरुद्ध नेपाली टोलीको कप्तानी सुजललाई दिएको हो ।

नेपालको नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङ टिमबाहिर रहेपछि नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो । 

कप्तान विराज को फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् ।मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग नेपालले सोमबार उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ ।नेपालले मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा यसअघि नै गरिसकेको छ  ।

मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा फरवार्ड विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाली टिम :

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ 

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल 

मिडफिल्डर :  सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई 

फरवार्ड : विमल घर्तिमगर सहित विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ ! साभार : खेलपाटीबाट !!