भारत लैजांदै गरेको ५ हजार किलो केराउसहित ट्रक चालक पक्राउ

जाडोमा केराउको फाइदा काठमाडौं,माघ,२५-प्रहरीले कपिलवस्तुको यशोधरा गाउँपालिका – ७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरेको करीब ५ लाख रुपैयाँ बराबरको ५ हजार किलो केराउसहित ट्रकका चालकलाई पक्राउ गरेको छ ।

भारत सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो । नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरी चौकी मर्यादपुरको टोलिले पक्राउ गरेको हो । 

अभियुक्तलाई बरामद केराउ र ट्रकसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।