दोस्रो राप्ती कृषि, पर्यटन महोत्सवको तयारी पुरा

रोशन घर्ती/

भालुवाङ,पुस,२७-

इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा पुस २८ गते देखी माघ ८ गते सम्म सञ्चालन हुन लागेको दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ ।

“कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थीत निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मूल आयोजक समितीका अध्यक्ष तथा क्लबका अध्यक्ष भिमबहादुर मर्रासिनीले जानकारी दिनु भएको छ ।

महोत्सवको उद्घाटन प्रदेश नम्बर ५ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सदस्य मेटमणी चौधरीले गर्ने अध्यक्ष मर्रासिनीले जानकारी दिनु भयो । यसैबीच अध्यक्ष मर्रासिनीले शुक्रबार(भोली) बिहान १२ बजे हुने महोत्सव उद्घाटन कार्यक्रममा उपस्थीत भईदिनु सम्पूर्ण दाङ—देउखुरी जिल्लाबासी, छिमेकी जिल्लाबासी, संघसंस्था, पत्रकार, राजनितिकदल लगायत सबैमा आग्रह समेत गर्नु भएको छ ।

महोत्सवको तयारी पुरा भए संगै अहिले भालुवाङ बजारमा समेत थप रौनकता थपिएको छ । महोत्सवमा बनाएको करिब डेढ सय बढी स्टल सबै बुकिङ्ग भईसकेको र स्टलका व्यापारीहरु समेत महोत्सवस्थलमा आईसकेको आयोजकले जनाएको छ । महोत्सवमा पत्रकाहरुलाई समाचार सम्पेषण गर्न नेट तथा वाईफाईको समेत व्यवस्था गरिएको अध्यक्ष मर्रासिनीले जानकारी दिनु भयो ।

महोत्सव स्थलमा कुनै अप्रिय घटना हुन नदिन तथा महोत्सवको गतिबिधि हेर्न करिब दश बढी स्थानमा सिसि क्यामरा जडान गरिएको अध्यक्ष मर्रासिनीले बताउनु भयो ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्ती नदीमा ¥याप्टिङ लगायत अन्य थुप्रै आकर्षणहरु महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् ।

महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर राप्ती आइडल प्रतियोगिता समेत हुने कार्यक्रम निर्देशक बिराज बिष्टले जानकारी दिनु भयो ।