घोराहीमा जनप्रतिनिधिहरुलाई सम्मान

रोशन घर्ती/

घोराही,पुस,२७-

घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित वराह क्षेत्र मावि वनगाउँले आज एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगीलगायतका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

सो अवसरमा विद्यालय परिसरमा बृक्षारोपन गरिएको थियो । विद्यालयले केही समय पहिलेदेखि एक व्यक्ति एक विरुवा अभियान समेत सञ्चालन गर्दै आएको छ ।