गुल्मी सेवा समाज यु-ए-इ- को अधिबेशन शुक्रबार हुदै

नेपालगन्ज ,असार , ३-


यहि अाउदो जुन २१ तारिख शुक्रबारका दिन गुल्मी सेबा समाज यु.ए.इ को चौथो अधिबेशन हुने भएको छ।

तेस्रो अधिवेशनको दुई बर्षे कार्यकाल सकिएता पनि बिबिध कारणबस समय मै अधिबेसन गर्न नसकिएको गुल्मी सेबा समाज यु ए इ को अधिबेशन गराउन लागिएको गुल्मी सेवा समाज यु-ए-ई- का सचिबालय समिती सदस्य किसोर के- सी- ले बिहानी अनलाईन खबरलाई जानकारी गराउनु भएको छ ।

अधिबेशनमा सहमति बाट टुंगो मा नगए प्रजातान्त्रिक विधिबाट निर्बाचन प्रणाली गराएर भए पनि नयाँ नेतृत्व चयन गरिने कुरा पनि उहाले बताउनु भएको छ।
तेस्रो कार्यकालका समाजका अध्यक्ष लक्ष्मण अर्यालले अति राम्रो काम गरेर नमूना को रुपमा अगाडी देखिनु भएको उहाँले जानकारी गराउनु भयो ।

यसपालि उहाँ अध्यक्ष पद को निम्ति चुनाबी मैदान मा प्रतिस्पर्धा नगर्ने कुरा जानकारी गराउनु भयो।साथै ख्याती प्राप्त राष्ट्रिय स्तरका कलाकार र स्थानीय कलाकार को बेजोड प्रस्तुति रहने कुरा समेत समितका सदस्य के-सी-ले जानकारी गराउनु भयो । दुबईबाट रुद्र थापाको सहयोगमा समाचार तयार पारिएको।