तीनदिने सार्क उद्यमी सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं,चैत्र,२-

दक्षिण एसियाका व्यवसायीहरुको वृहत् सम्मेलन ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’ आजदेखि काठमाडौंमा सुरु हुदैछ । नेपालमा वैदेशिक लगानी बढाउन तथा क्षेत्रीय लगानी र व्यापार साझेदारी बढाउन साकै चेम्बर अफ कसर्सले यो सम्मेलन आयोजना गरेको हो ।

तीन दिनसम्म चल्ले सम्मेलनमा सार्कका आठै राष्ट्रका उद्योग वािणज्यमन्त्रीका साथै औद्योगिक एवं आर्थिक क्षेत्रका वरिष्ठ व्यक्तिको सहभागिता रहने संघका अध्यक्ष सुरज वैद्यले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, श्रीलंकाका पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुंगाका साथै सार्क राष्ट्रका मन्त्रिपरिषद्का सदस्यले सम्बोधन गर्ने कार्यक्रम छ ।

पहिलो दिन आज उद्घाटन शत्र रहने तथा भोली र पर्सि विभिन्न सेसन हुनेछन् । सम्मेलनमा विश्व अर्थव्यवस्थामा सार्क राष्ट्रको भूमिका, ऊर्जा र सहकारीका माध्यमबाट सार्क मुलुकमा प्राप्त उपलब्धि र भावी कार्यदिशाबारे व्यापक विचारविमर्श हुने जनाइएको छ ।नेपालबाणीबाट