बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष कैद सजाय हुने

सल्यान,माघ २६-जिल्ला अदालत सल्यानले आफैँले पढाउने विद्याार्थी बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष कैद सजाय सुनाएको छ ।आफैंले पढाउने विर्थीलाई २०७२ साल चैत १६ गतेदेखि लगातार बलात्कार गर्दै आएको अभियोगमा चादे करन्जी गाविस वडा नं. २ का २६ वर्षीय सन्दिप खड्कालाई यस्तो सजाय सुनाएको हो ।

डरत्रास देखाएर पटक–पटक बलात्कार गरेको आरोपसहित गत जेठमा उनीविरुद्ध उजुरी परेको थियो ।जिल्ला न्यायधीश माधवेन्द्रराज रेग्मीको इसलासले खड्कालाई ११ वर्ष कैद र ५० हजार जरिवाना गराउने आदेश सुनाएको छ ।

मुलुकी ऐनको जबर्जस्तीकरणी महलको दफा १ अनुसार बलात्कारको कसुर ठहर गरी ६ वर्ष र शिक्षकजस्तो संरक्षक मानिएको व्यक्तिले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको देखिन आएकाले दफा ३ (क) अन्तर्गत थप हुने ५ वर्षसमेत जोडी ११ वर्ष कैद तोकिएको हो जिल्ला अदालत सल्यानले जनाएको छ।