सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

रोशन घर्ती/

सल्यान,पुस,२७-

सल्यानमा चालु आर्थिक वर्ष २०७४र७५ मा ३३ करोडको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान, बगैंचा व्यवस् थापन, सुन्तलाको बो ट तथा क्षे त्रफल बृद्धि, अनुकूल वातावरण मिले पछि यस वर्ष गतवर्षको भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको छ ।

जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्ष सल्यानमा ३३ करो ड चार लाख ४० हजार बराबरको सुन्तला उत्पादन भएको छ ।

एक हजार २० हे क्टर क्षे त्रफलमा लगाइएको सुन्तलाको बो टबाट सात हजार तीन सय ४४ मे ट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो ।

गत वर्षको भन्दा आठ हे क्टर बढी क्षे त्रफलमा सुन्तला उत्पादन भएका कारण पनि गत वर्षको भन्दा यो वर्ष सुन्तला उत्पादनमा बृद्धि आएको उहाको भनाइ छ ।।