रोल्पाको सुवर्णावती गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाईने

रोशन घर्ती/

रोल्पा,पुस,२७-

रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै फुसका छाना विस्थापन गर्ने भएको छ । गाउँपालिकाको प्रथम सभाले पाँच वर्ष भित्र गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताइएको छ ।

विगतमा फुसको छाना भएका घर आगलागीको चपेटामा परेको हुँदा आगामी दिनमा सो समस्याबाट बच्नका लागिसमेत यस्तो अभियान चालिएको सुवर्णावती गाउँपालिका–४ का वडाध्यक्ष जेडबहादुर विष्टले जानकारी दिनुभयो ।

आगलागीको अत्यधिक सम्भावना हुने र दुई÷चार वर्षको अन्तरमा छाना परिवर्तन गरिरहनु पर्ने समस्याबाट मुक्त हुन गाउँपालिकाले यस्तो निर्णय गरेको विष्टले बताउनुभयो ।