बाँकेका गाउँपालिका स्तरमा उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता

पन्चे बाजा सहित विभीन्न जातजातिहरुको झाँकी प्रस्तुत

नेपालगञ्ज,असार, ४-

बाँकेका गाउँपालिका स्तरमा समेत उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता गरिएको छ । ६ वटा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा काङग्रेसका तर्फबाट गाउँपालिका प्रमुख, उपमेयर र वडा अध्यक्ष उम्मेदवारहरुले उत्साह र शान्तिपूर्ण रुपमा पूर्ण रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

वैजनाथ गाउँपालिकामा एमाले र माओवादी कार्यकर्ताबीच झडपपछि केही अशान्ति भएको थियो । कोहलपुर नगरपालिकामा काँगे्रसका तर्फबाट उम्मेदवारले झाँकी, नाचगानसहित भव्य रयाली प्रदर्शन गर्दै मेयरमा भानुभक्त भट्राइ र उपप्रमुख सञ्जु चौधरीले उम्मेदवारी दिनु भएको छ ।

यस्तै वडा अधयक्ष सदस्यले पनि उम्मेवारी दर्ता गर्नु भयो । यस्तै निर्वाचन अधिकृतको कार्यलयमा खजुरा गाउँपालिका स्थित कपास विकास भवनमा हजारौ कार्यकर्ता सहित काँगे्रस उम्मेदवार नक्की खाँ, उपप्रमुख दिपा आले लगाएत उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए ।

विभीन्न जातजातिका झाँकी, पन्चे बाजा सहित बैजनाथ गाउँपालिकाका उम्मेदवारहरुले गराएका छन् । बैजनाथ गाउँपालिकाको बनकटवा स्थित निर्वाचन अधिकृतको कार्यालयमा हजारौ हजार कार्यकर्ता तथा शुभचिन्तहरुका साथ उम्मेदवारी दर्ता गरिएको बैजनाथ गाउँपालिकाका प्रमुख देव बहादुर खत्रीले जानकारी दिनुभयो ।

थारु, मगर समुदायको झाँकी सहित निस्किएको दशौ हजार कार्यकर्ताका साथ राप्ती सोनारी गाउँपालिकाका उम्मेदवारहरुले समेत उम्मेदवारी दर्ता गराएका छन् । उत्साहपुर्ण तरिका बाट उम्मेदवारी दर्ता गरिएको राप्ती सोनारी गाउँपालिका प्रमुख लाहुराम थारुले जनाए ।

उम्मेदवारी दर्तापछिको कोण सभालाई सम्बोधन गर्दै उप प्रमुख धनि कुमारी खत्रीले काङग्रेसको समर्थनमा जनसागर उर्लिएकोले जित सुनिश्चित भएको बताउनुभयो । त्यस्तै खजुरा स्थित जानकी गाउँपालिका प्रमुख छव्वन खाँ, उप प्रमुख राम प्यारी यादवले प्रमुख सहितको टोली हजारौ कार्यकर्ता सहित उम्मेदवारी दर्ता गर्न पुगेको थियो ।

डुडुवा गाउँपालिकामा हजारौ कार्यकर्ता समर्थकहरु सहित गाउँपालिका प्रमुखमा नरेन्द्र कुमार चौधरी र उपप्रमुख शायदा बानोले मनोनयन दर्ता गराएका छन् । नरैनापुरमा गाउँपालिका प्रमुख रामचन्द्र मौर्य र उपप्रमुख अतिकुञ्जी साहले उम्मेदवारी दर्ता गर्नु भएको छ । उम्मेदवारी दर्ताका क्रममा गाउँ तथा वडा स्तरका हजारौ कार्यकर्ता, समर्थकहरुको उत्साहपूर्ण सहभागिता देखिएपछि उम्मेदवारहरु थप हौसीएका छन् ।